रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
३० पटक हेरिएको
Shares
रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

सारांश

  • रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ ।
  • बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।
  • यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

१३ माघ, बुटवल ।

रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।  अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस  नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताए । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने उनले बताए ।  शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।

उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।  आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी)  राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ  ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार  रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफलल गर्दै
ठगी आरोपमा झापामा एक जना पक्राउ
ठगी आरोपमा झापामा एक जना पक्राउ
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने