Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
रुपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

सारांश

  • रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ ।
  • बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।
  • यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

१३ माघ, बुटवल ।

रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।  अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस  नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताए । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने उनले बताए ।  शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।

उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।  आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी)  राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ  ६ गते पूरक मुद्दा दर्ता भएको थियो । लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार  रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह 
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह