गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

सारांश

  • गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।
  • विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।
  • प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु.

सिरहा ।

गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु. ५८ हजार बरामद गरेको जनाएको छ।

नियन्त्रणमा पर्ने व्यक्तिहरूमा गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय संजित मोहन रहेका छन्। पक्राउ परेका तीनै जनालाई लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। इन्स्पेक्टर सुदन केसीको नेतृत्वमा गोलबजार क्षेत्रमा लागू औषध ओसारपसार तथा बिक्रीवितरणविरुद्ध निरन्तर कडाइका साथ अभियान चलाइँदै आएको छ। प्रहरीको यस कारवाहीले समाजमा लागू औषधविरुद्ध सकारात्मकसन्देश गएको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
कांग्रेस शीर्ष नेताको बैठक स्थगित
कांग्रेस शीर्ष नेताको बैठक स्थगित