बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार

सारांश

  • आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ ।
  • यस दिन नेप्से परिसूचक ११.
  • ५८ अंक बढेको छ ।

६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो । बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे  २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो । १३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ ।Worldlink ads

विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त तथा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सयपत्रि हाइड्रोपावरको ८.३, स्टान्डर्ड चार्टड बैंकको ३.९७, मध्यभोटेकोशीको ३.८ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य ८.६ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ७.४ तथा साहस ऊर्जाको ४.२ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
३७०० ले घट्यो सुनको मूल्य,
३७०० ले घट्यो सुनको मूल्य,
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
मलेसियाका पूर्वप्रधानमन्त्री शक्ति दुरुपयोगको आरोपमा दोषी ठहर
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग