त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
५४ पटक हेरिएको
Shares
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर

सारांश

  • त्रिभुवन विश्वविद्यालयमा १७ दिनदेखि विभिन्न कार्यालयमा ताला लागेको छ भने त्रिविका स्ववियु सचिव धर्नामा छन् ।
  • त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सीपल कार्यालयमा विभिन्न विद्यार्थी संगठनले ताला लगाउँदा प्रिन्सीपल र अन्य कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका छैनन् ।
  • भौतिकशास्त्र विभागको प्रशासन र एचओडी कार्यालयको अवस्था पनि त्यस्तै छ ।

 

१४ पुस,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १७ दिनदेखि विभिन्न कार्यालयमा ताला लागेको छ भने त्रिविका स्ववियु सचिव धर्नामा छन् । त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सीपल कार्यालयमा विभिन्न विद्यार्थी संगठनले ताला लगाउँदा प्रिन्सीपल र अन्य कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका छैनन् ।

भौतिकशास्त्र विभागको प्रशासन र एचओडी कार्यालयको अवस्था पनि त्यस्तै छ । कार्यालयमै ताला लाग्दा काम गर्न नपाएको गुनासो कर्मचारीको छ । स्ववियु कार्यालयमा पनि ताला लाग्दा स्ववियु सभापति कार्यालयभित्र जान सकेका छैनन् । त्यसैगरी १७ दिनदेखि स्ववियु सचिव सिद्धान्त भट्ट त्रिविको सुधारका लागि विभिन्न ३५ बुँदे मागसहित उपकुलपति कार्यालय अगाडि धर्ना बस्दा उपकुलपति केशरजंग बराल कार्यालय आएका छैनन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?