सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

सारांश

  • रामनगर गाउँपालिका–७ सिसौट बस्ने २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ बस्ने १८ वर्षीय श्याम महरालाई प्रहरीले पक्राउ गरेको हो।
  • बीआर ०६ डीएम ९५२३ भारतीय नम्बरको मोटरसाइकल चढेर भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका किशनसँग गोप्य सूचनाको आधारमा प्रहरीले हतियारबारे सोधखोज गरेको थियो।
  • किशनले आफूले बोक्ने गरेको हतियार श्यामलाई राख्न दिएको बताएको प्रहरीले जनाएको छ।

काठमाडौँ- प्रहरीले सर्लाहीबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ। रामनगर गाउँपालिका–७ सिसौट बस्ने २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ बस्ने १८ वर्षीय श्याम महरालाई प्रहरीले पक्राउ गरेको हो।

बीआर ०६ डीएम ९५२३ भारतीय नम्बरको मोटरसाइकल चढेर भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका किशनसँग गोप्य सूचनाको आधारमा प्रहरीले हतियारबारे सोधखोज गरेको थियो।

किशनले आफूले बोक्ने गरेको हतियार श्यामलाई राख्न दिएको बताएको प्रहरीले जनाएको छ। श्यामको घरमा पुगेर सोधपुछ गर्दा उनले बागमती नदीको बगरमा लुकाएर हतियार राखेको बताएका थिए।

किशनले दिएको बयानका आधारमा बागमती नदीको बगरबाट कटुवा पेस्तोल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट दस दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
परम्परागत पनौती जात्राको आज मुख्य दिन
परम्परागत पनौती जात्राको आज मुख्य दिन
बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त