रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन

सारांश

  • रौतहटको ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
  • ट्राफिक प्रहरीको उपस्थिती पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डमा मात्र छ ।
  • जसका कारण ग्रामीण भेगका सडकमा सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको आरोप छ ।

१८ चैत, रौतहट ।

रौतहटको ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
ट्राफिक प्रहरीको उपस्थिती पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डमा मात्र छ । जसका कारण ग्रामीण भेगका सडकमा सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको आरोप छ ।

कटहरिया, गुजरा, समनपुर, बिजयपुर , जंगलसहिया, दुधिअवा लगायतका बजार क्षेत्रमा सवारी साधन चाप भएपनि ट्राफिक प्रहरीको उपस्थिति नै नरहेको उनको भनाइ छ । यस क्षेत्रमा विना हेलमेट, कागजपत्र नवोकेका र सवारी चालक अनुमतिपत्र नभएकाले मोटरसाईकल चलाउने गरेको उनले बताए । उनका अनुसार ग्रामिण भेगमा प्रया उमेर नै नपुगेका युवा हेल्मेट बिना तीव्र गतिमा मोटरसाइकल चलाउने , ट्याक्टर चालकले ओभरलोड गरेर जथाभावी चलाउने गरेकाले पनि दुर्घटना जोखिम बढेको छ ।

यस क्षेत्रमा अधिक मात्रमा भारतीय नम्वर प्लेटका सवारी बढी गुड्ने गरेको उनको भनाई छ । भन्सार राजश्व नतरी भित्रिएका भारतीय सवारीले नै बढी दुर्घटनामा पर्ने गरेको उनको बुझाइ छ । बजार, विद्यालय तथा भीडभाड स्थान लगायतमा सवारी गति कम गर्नुपर्नेमा, त्यो नगरेको पाईएको उनले बताए । जनशक्ति अभाव रहेकाले ग्रमिण भेगमा पुग्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यद्यपी बेला बेलामा ग्रामीण भेगका सडकमा पनि सवारी चेकजाँच गर्ने गरेको ट्राफिक प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
वीरगञ्जमा भएको झडपमा परी एसपी र डीएसपीसहित घाइते, उपचार हुँदै
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित