सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन

सारांश

  • रौतहटको ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
  • ट्राफिक प्रहरीको उपस्थिती पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डमा मात्र छ ।
  • जसका कारण ग्रामीण भेगका सडकमा सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको आरोप छ ।

 

१८ चैत, रौतहट ।

रौतहटको ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
ट्राफिक प्रहरीको उपस्थिती पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डमा मात्र छ । जसका कारण ग्रामीण भेगका सडकमा सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको आरोप छ ।

कटहरिया, गुजरा, समनपुर, बिजयपुर , जंगलसहिया, दुधिअवा लगायतका बजार क्षेत्रमा सवारी साधन चाप भएपनि ट्राफिक प्रहरीको उपस्थिति नै नरहेको उनको भनाइ छ । यस क्षेत्रमा विना हेलमेट, कागजपत्र नवोकेका र सवारी चालक अनुमतिपत्र नभएकाले मोटरसाईकल चलाउने गरेको उनले बताए । उनका अनुसार ग्रामिण भेगमा प्रया उमेर नै नपुगेका युवा हेल्मेट बिना तीव्र गतिमा मोटरसाइकल चलाउने , ट्याक्टर चालकले ओभरलोड गरेर जथाभावी चलाउने गरेकाले पनि दुर्घटना जोखिम बढेको छ ।

यस क्षेत्रमा अधिक मात्रमा भारतीय नम्वर प्लेटका सवारी बढी गुड्ने गरेको उनको भनाई छ । भन्सार राजश्व नतरी भित्रिएका भारतीय सवारीले नै बढी दुर्घटनामा पर्ने गरेको उनको बुझाइ छ । बजार, विद्यालय तथा भीडभाड स्थान लगायतमा सवारी गति कम गर्नुपर्नेमा, त्यो नगरेको पाईएको उनले बताए । जनशक्ति अभाव रहेकाले ग्रमिण भेगमा पुग्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यद्यपी बेला बेलामा ग्रामीण भेगका सडकमा पनि सवारी चेकजाँच गर्ने गरेको ट्राफिक प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एव् पूजापाठ
रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एव् पूजापाठ
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक