Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
५५ पटक हेरिएको
Shares
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सारांश

  • मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ ।
  • सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।
  • मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए ।

९  भदौ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।

मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए । उनले अन्य सबै मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदापनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।

मन्त्री लेखीले मधेश प्रदेशमा अहिले अपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे । उनले प्रहरी जवानहरुले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए । सञ्चार माध्यमहरुमा दिनहुँ चोरी निकासी, पक्राउ, हत्या हिंसाका समाचारहरु बढाइ चढाइ गरी सप्रेषण हुने गरेकामा मन्त्री लेखीले गुनासो गर्नुका साथै, सहि सूचनाको आधारमा समाचार सम्प्रेशन गर्न आग्रह पनि गरे ।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ थान मोटरसाइकल, इलेक्ट्रीक कार दुईवटा र इलेक्ट्रीक पिकअप तीनवटा हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना