मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सारांश

  • मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ ।
  • सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।
  • मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए ।

९  भदौ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।

मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए । उनले अन्य सबै मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदापनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।

मन्त्री लेखीले मधेश प्रदेशमा अहिले अपराधिक क्रियाकलापमा कमी आएको दाबी गरे । उनले प्रहरी जवानहरुले थोरै सुविधा पाएर पनि आफ्नो दायित्व निर्वाह गरिरहेको बताए । सञ्चार माध्यमहरुमा दिनहुँ चोरी निकासी, पक्राउ, हत्या हिंसाका समाचारहरु बढाइ चढाइ गरी सप्रेषण हुने गरेकामा मन्त्री लेखीले गुनासो गर्नुका साथै, सहि सूचनाको आधारमा समाचार सम्प्रेशन गर्न आग्रह पनि गरे ।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ थान मोटरसाइकल, इलेक्ट्रीक कार दुईवटा र इलेक्ट्रीक पिकअप तीनवटा हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा