भरुवा बन्दुकसहित दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
भरुवा बन्दुकसहित दुईजना पक्राउ

सारांश

  •   भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो ।
  • अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले बिहीबार राति १०:३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो ।

२३ जेठ, विराटनगर । 

भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले बिहीबार राति १०:३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो ।

घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो । बरामद भएको बन्दुकसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको हो ।  पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बरामद भएको बन्दुक वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रयोग गर्ने गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?