दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
३० पटक हेरिएको
Shares
दार्चुलामा जिप दुर्घटना: एकजनाको मृ*त्यु, १० जना घाइते

सारांश

  • दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • हाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको जानकारी दिए ।

२० असोज, धनगढी ।

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । हाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्  । उनीहरूमध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य सामान्य घाइतेहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?