सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ

सारांश

  • सर्लाहीको लालबन्दी नगरपालिका–५ डाँडा टोलस्थित एक घरमा प्रहरीले प्रतिबन्धित लागुऔषध हिरोइन बरामद गरेको छ।
  • शनिवार साँझ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल लालबन्दी–५ बस्ने ३४ वर्षीय सुवास लामिछानेको नवनिर्माणाधीन घरमा खानतलासी गर्दा २१२ ग्राम हिरोइन जस्तो देखिने सेतो धुलो पाउडर फेला पारेको हो।
  • प्रहरीका अनुसार घरको भुईतलामा रहेको कोठाको पूर्व देवालको इट्टाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइएको अवस्थामा उक्त पदार्थ भेटिएको थियो।

२८ मंसिर, सर्लाही।

सर्लाहीको लालबन्दी नगरपालिका–५ डाँडा टोलस्थित एक घरमा प्रहरीले प्रतिबन्धित लागुऔषध हिरोइन बरामद गरेको छ। शनिवार साँझ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल लालबन्दी–५ बस्ने ३४ वर्षीय सुवास लामिछानेको नवनिर्माणाधीन घरमा खानतलासी गर्दा २१२ ग्राम हिरोइन जस्तो देखिने सेतो धुलो पाउडर फेला पारेको हो।

प्रहरीका अनुसार घरको भुईतलामा रहेको कोठाको पूर्व देवालको इट्टाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइएको अवस्थामा उक्त पदार्थ भेटिएको थियो। बरामद गरिएको प्रतिबन्धित लागुऔषधसहित सुवास लामिछानेलाई नियन्त्रणमा लिइएको छ। जिल्ला अदालतको आदेशअनुसार उनलाई १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला
बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न