भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
८६ पटक हेरिएको
Shares
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु

सारांश

  • भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ।
  • हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।
  •   सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो।

२९ पुस, भारत।

भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।  सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो।

मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्। यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए।

उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट  भएको जानकारी पाइएको वडाध्यक्ष बुढाथोकीलले बताए। उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन्। मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए। यस्तै धनबहादुर विक र काशीराम विकको परिवार २ वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए। उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे।  एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते