टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश २-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको हो।
- दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो।
- प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

११ फागुन, सिराहा : टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश २-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया