शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

सारांश

  • विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो ।
  • महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ आएका छन् ।
  • विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासङ्घको माग छ ।

२४ चैत,  काठमाडौं–

नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ आएका छन् ।

विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासङ्घको माग छ । हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई सङ्घीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ ।

हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासङ्घले शिक्षकहरूलाई निर्देशन दिइएको छ । २०८० साल असोज ५ गते सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ