Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

सारांश

  • विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो ।
  • महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ आएका छन् ।
  • विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासङ्घको माग छ ।

 

२४ चैत,  काठमाडौं–

नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ आएका छन् ।

विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासङ्घको माग छ । हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई सङ्घीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ ।

हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासङ्घले शिक्षकहरूलाई निर्देशन दिइएको छ । २०८० साल असोज ५ गते सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित
एसियाड कबड्डीमा मलेसियाविरुद्ध नेपालको जित