एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
२५९ पटक हेरिएको
Shares
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा

सारांश

  • नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ ।
  • मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय सपहीद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङक अनुसार देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेकामा मधेश प्रदेशमा करिब पाँच हजार संक्रमित रहेको देखिएको छ ।
  • पहिलो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादवले देशभरकै तथ्याङ प्रस्तुत गर्दै मधेश प्रदेशमा एचआईभी संक्रमितको अवस्था भयावह बन्दै गएको बताए ।

 

२८ वैशाख, जनकपुर ।

नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय सपहीद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङक अनुसार देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेकामा मधेश प्रदेशमा करिब पाँच हजार संक्रमित रहेको देखिएको छ ।

पहिलो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादवले देशभरकै तथ्याङ प्रस्तुत गर्दै मधेश प्रदेशमा एचआईभी संक्रमितको अवस्था भयावह बन्दै गएको बताए । उनका अनुसार मधेश प्रदेशमा हाल ४ हजार ६ सय ८० जना एचआईभी संक्रमित रहेका छन् । तीमध्ये अधिकांश महिला तथा बालबालिका रहेको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ मा करिब एक लाख जनाको एचआईभी परीक्षण गर्दा ६ प्रतिशतमा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा र धनुषा सबैभन्दा बढी जोखिममा रहेको अधिकृत यादवले जानकारी दिए ।

उनका अनुसार पर्सामा १ हजार ५ सय ४ जना र धनुषामा ८ सय ८६ जना एचआईभी संक्रमित रहेका छन् । संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी रहेको छ । कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवले जनचेतनाको अभाव, अशिक्षा, वैदेशिक रोजगार तथा समयमै उपचार नगराउँदा संक्रमितको संख्या घट्न नसकेको बताए । जनकपुरधाममा मात्रै आठसय एचआईभी संक्रमित हुनु चिन्ताजनक अवस्था भएको उल्लेख गर्दै उनले यसको न्यूनीकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु