पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
३० पटक हेरिएको
Shares
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा

सारांश

  • सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ ।
  • च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ ।
  • हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

३ असार, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ । हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।

केहीबेर अघि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज (पछिल्लो अपडेट) मा जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन् । केहीले लिखित रुपमा पनि आफ्नो कुरा बैठकमा पेस गरेको गौतम बताउँछन् । आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, बिनोद श्रेष्ठ लिखित), सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायत गरी  ३२ जनाले आफ्नो राय राखेको उनले बताए । गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६/७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।

‘अहिले पार्टी अध्यक्षको रुलिङ अनुसार यो बैठक आजै समापन गरिँदैछ । बोल्न बाँकी ४० को हाराहारीमा सदस्य संख्या बाँकी छ,’ गौतमले भने । मूलत: आजको बैठकमा पार्टीका पोलिटब्यूरो र स्थायी कमिटी सदस्यले पार्टी विधानमा उल्लेख भएका विषयका अतिरिक्त पनि आफ्ना कुरा राखेको उनले बताए । ‘बाहिर सार्वजिनक भएको ७० वर्षको उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गरेको र सदस्यता लगायतको विषयमा कुरा आएका छन्,’ उनले भने । त्यसका साथै, पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका कुरा पनि नेताहरूले राखेको उनले बताए । करिब ४० भन्दा बढी सदस्यले बोल्न बाँकी रहेको र त्यो क्रम अहिले चलिरहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
क्यानडासँग ओडीआईमा पहिलो पटक हार्‍यो नेपाल
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी