सरकारले लियो स्थानीय सेवा गठन ऐन फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सरकारले लियो स्थानीय सेवा गठन ऐन फिर्ता

सारांश

  •  कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ फिर्ता लिएको छ ।
  • शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ फिर्ता लिने निर्णय गरेको हो ।
  • कर्णाली प्रदेश सरकारले २०८१ असोज २९ गते सो ऐन जारी गरेको थियो ।

 

२९ वैशाख,  कर्णाली  ।

 कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न बनेको ऐन, २०८१ फिर्ता लिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले २०८१ असोज २९ गते सो ऐन जारी गरेको थियो ।यसै गरी २०८१ पुस १९ गते नियमावली जारी भयो । ऐनप्रति विभिन्न कर्मचारी सङ्गठनले विरोध जनाउँदै आएका थिए ।

स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा थुप्रै त्रुटि भएको र त्यसमा सच्याउनुपर्ने मागसहित कर्मचारीले आन्दोलन गरेपछि प्रदेश सरकारले सो ऐन फिर्ता लिएको हो । ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने र  त्यससँगै सोही ऐनलाई संशोधन गर्न नयाँ विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । त्यसै गरी बैठकले ‘कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । यस कार्यविधिले प्रदेशले दिने अनुदानलाई थप पारदर्शी, प्रभावकारी र अनुगमनयोग्य बनाउने उद्देश्य राखेको बताइएको छ । ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन समेटी सो विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।

ऐनमा के छ ? कर्णाली प्रदेश सरकारले २०८१ असोज २९ गते ऐन जारी गरेको थियो । यसै गरी पुस १९ गते नियमावली जारी गरिएको छ । ऐन अनुसार स्थानीय तहको प्रशासन सञ्चालन गर्न स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त तथा कर्मचारीको व्यवस्थापन सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रमुख निकायका रूपमा काम गर्ने छ । यो ऐन र यस अन्तर्गत बनेको नियममा उल्लेख भएकाबाहेक कर्मचारी प्रशासनसम्बन्धी अन्य काम मुख्यमन्त्री कार्यालयको स्वीकृति लिएर मात्र गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । स्थानीय सेवाको गठन गर्दा स्थानीय इन्जिनियरिङ, कानुन, कृषि, प्रशासन, विविध, शिक्षा तथा स्वास्थ्य सेवा गरी सात वटा स्थानीय सेवा रहने छन् ।

अधिकृतस्तरमा छैटौँदेखि १० औँ र सहायकस्तरमा तहविहीनदेखि पाँचौँसम्म तह कायम गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत पदको कार्यविवरण स्वीकृत गरी लागु गर्ने ऐनमा उल्लेख छ । सङ्गठन संरचना र दरबन्दी कार्यपालिका हुँदै सभाबाट स्वीकृत हुने छ । अस्थायी प्रकृतिका पदका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरिने छ । स्थानीय सेवामा दफा ९ को १ र २ बमोजिम पदपूर्ति हुने छ । पदपूर्ति (१) खुला, (२) अन्तरतह प्रतियोगिता, (३) ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन, (४) कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक अन्तरसेवा प्रतियोगिताका आधारमा हुने छ । यसै गरी अधिकृतस्तर छैटौँ, आठौँ र १० औँ तहमा शतप्रतिशत स्तरवृद्धिबाट पदपूर्ति गरिने छ । खुला प्रतियोगितामा समावेशीतर्फ खस आर्य ४५, दलित २२, आदिवासी जनजाति १२, पिछडिएको १२, अपाङ्तता पाँच, मधेशी मुस्लिम दुई र थारू दुई प्रतिशतका दरले कोटा कायम गरिएको छ ।

कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको छ । समायोजन भई आएका कर्मचारीको हकमा साबिक ऐनबमोजिम हुने छ । सरकारी सेवाबाट समायोजन ऐनबमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीले साबिकबमोजिम निवृत्तिभरण पाउने छन् । कर्मचारीले भैपरी पर्व, घर, बिरामी, प्रसूति स्याहार, किरिया, विवाह, पर्यटन, अध्ययन र असाधारण गरी १० प्रकारका बिदा पाउने छन् । यसअघि स्थानीय तहमा जनप्रतिनिधिले आफूखुसी आफूनिकट व्यक्तिलाई ज्यालादारी तथा करारमा नियुक्त दिलाई आवश्यकता र औचित्यविपरीत भर्ना गरिरहेका थिए । सेवा ऐन बनेसँगै ज्यालादारी र करारमा नियुक्ति गर्न पाइने व्यवस्था गरिएको छ । ऐनविपरीत नियुक्त गरिएमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम नियुक्ति गर्ने पदाधिकारीबाट सरकारी बाँकी सरह असुलउपर गरिने ऐनमा उल्लेख गरिएको छ । यो ऐन कार्यान्वयनमा आएको खण्डमा स्थानीय तहमा हुने अनावश्यक पहुँचका आधारमा गरिने करार कर्मचारी नियुक्तिको बेथिति रोक्ने दाबीसमेत गरिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ