सालीको हत्याको आरोपमा भिनाजु पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ

सारांश

  • बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।
  • ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेका हुन्।
  • गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको लाश फेला परेको थियो।

२२ फागुनः काठमाडौँ । बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेका हुन्। गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको लाश फेला परेको थियो। प्रहरीले लाश फेला पारेपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो।

हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए। हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उनले बताए। घटना कहिले र के कसरी भएको भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताए। मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधेको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण
जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह