जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

सारांश

  • अख्तियारले राजभण्डारीविरुद्ध सोमबार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बिगो, त्यत्ति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।
  • अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुन देखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्ति अनुसन्धान गरेको थियो ।

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले राजभण्डारीविरुद्ध सोमबार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बिगो, त्यत्ति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुन देखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्ति अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ७ करोड ७२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा बराबरको आर्थिक कारोबार गरेको र त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि त्यसलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

बिगो कायम गरिएको घरजग्गाको मूल्य मालपोतमा उल्लेख गरिएको न्यून मूल्यांकन अनुसार भएकोले यसको अहिलेको बजार मूल्य करोडौं रुपैयाँ बराबर हुन आउने अनुसन्धानमा संलग्न अख्तियार स्रोतको भनाइ छ । भ्रष्टाचारबाट आर्जित सम्पत्ति राजभण्डारीले घरजग्गा खरिद, घर निर्माण, विभिन्न कम्पनीमा लगानी, बीमा प्रिमियममा भुक्तानीमा लगानी गरेको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
डिम्ब संकलन, भण्डारण र प्रत्यारोपणमा सर्वोच्चको रोक
डिम्ब संकलन, भण्डारण र प्रत्यारोपणमा सर्वोच्चको रोक
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह