पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
१५५ पटक हेरिएको
Shares
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ।
  • देशभर साधारणतया बादल लागेको छ ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ। देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोेरै स्थानमा, मधेस सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार ?
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते