मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा

सारांश

  •   मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सहकारीको रकम ठगीपछि उनी फरार थिए ।
  • तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिए ।

३ असार, काठमाडौं । 

मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम ठगीपछि उनी फरार थिए ।

तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिए । उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनीसँगै ज्योति गुरुङसमेत फरार छन् । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए । उनलाई कम्बोडियाबाट नेपाल ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ