भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए

सारांश

  • भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो ।
  • गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।

२९ मंसिर, काठमाडौं ।

भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।

तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उनी शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुन् । तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित