देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण

सारांश

  • केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।
  • आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो ।
  • सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो ।

१३ असोज, काठमाडौं ।

केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ । आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो । सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो । हिजो हामीले ४–५ वटा ठाउँमा छापा मारेका थियौं । केही भेटिने सूचना पाएपछि छापा मारिएको हो,’ केसीले भने ।  कुन कुन ठाउँमा छापा मारेको भन्ने सबै प्रहरीले खुलाएको छैन ।

जावलाखेलस्थित भूषणको घरमा प्रहरी पुग्दा उनी भने घरमा थिएनन् । ‘उहाँ (भूषण राणा) घरमा हुनुहुन्न थियो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले शंका लागेका केही कुराहरूमा खानतलासी गरेका हौं ।’ तर, अनुसन्धानकै विषय रहेकाले के के बरामद भएको भन्ने खुलाउन नमिल्ने एक प्रहरी अधिकारी बताउँछन् । निवर्तमान परराष्ट्रमन्त्री राणाले गर्ने धेरैजसो डिलमा भाइ भूषणले डिल गर्ने गरेका थिए । उनी प्रतिनिधिका रुपमा खटिने गरेको सूचना प्रहरीले पाएको थियो । यसअघि पनि भूषण विभिन्न ठेक्कापट्टाका विषयमा विवादमा तानिँदै आएका थिए । गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहात राखेको यो विभाग वर्तमान सरकारले मन्त्रालयमै फर्काइदिएको छ । यसैबीच देउवाका नजिकका नातेदार रहेका भूषणको घरमा गरिएको यो छापाबारे सर्वत्र चासो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध
सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
आज देशभरको मौसम मुख्यतया सफा रहने
आज देशभरको मौसम मुख्यतया सफा रहने
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा