गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
४० पटक हेरिएको
Shares
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप

सारांश

  • गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ ।
  • मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो ।
  • माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो ।

२ माघ, गुल्मी ।

गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूर्ति गर्न म्याद थप गरिएको हो । तोकिएको योग्यता पूरा गरेका इच्छुक युवालाई तोकिएको मितिभित्र आवेदन दिन आग्रह गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मीको व्यवस्था आवश्यक भएकाले थपिएको दुई दिनमा आवेदन संख्या बढ्ने अपेक्षा गरिएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
यस्तो छ, आजको मौसम
यस्तो छ, आजको मौसम
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
सिराहामा करेन्ट लागेर एक जनाको मृ*त्यु
सिराहामा करेन्ट लागेर एक जनाको मृ*त्यु