जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल

सारांश

  • आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग जितनजिक पुगेर पराजित भएको छ ।
  • मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले पराजित भएको हो ।
  • वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा अलआउट भयो।

२९ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग जितनजिक पुगेर पराजित भएको छ । मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले पराजित भएको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा अलआउट भयो। सिमाना केसीले २३ तथा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

५४ रनमा ६ विकेट गुमेपछि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए तर पर्याप्त भएन । ९८ रनको स्कोर हुँदा सिमाना पनि आउट भएपछि वेष्ट इन्डिज फेरि खेलमा फर्किएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाउँदै नेपाललाई ११० रनको लक्ष्य दिएको थियो । जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् । नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
जसपाको दोस्रो दिनको बैठकपनि निष्कर्षविहीन, भोलि फेरि बस्ने
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित