उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार

सारांश

  • उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक शनिबारदेखि सुरु भएको छ ।
  • नेपालीहरुको दोस्रो ठूलो पर्वका रुपमा रहेको तिहार प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।
  • यमपञ्चकको पहिलो दिन शनिबार धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइयो ।

२ कार्तिक, काठमाडौं।

उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक शनिबारदेखि सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो पर्वका रुपमा रहेको तिहार प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । यमपञ्चकको पहिलो दिन शनिबार धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमदीपदान पनि शनिबारदेखि नै सुरु भएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराईले आइतबार काग तिहार परेको जानकारी दिनुभयो ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती पनि आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन रहेको छ ।

रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोकेअनुसार कुनै कर्म परेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?