विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई

सारांश

  •  बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन विरुद्ध भएकाले उहाँलाई संसद्ले पनि स्पष्टिकरण सोध्नुपर्ने बताएका हुन्।
  •  मङ्लबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए।
  • तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित बक्यौता रकम छुट सम्बन्धी निर्देशन दिएकाले उहाँले तत्काल संसद्‌मा स्पष्टिकरण दिनुपर्ने तर्क गरे।

१२ भदौ , काठमाडाैँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब बक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन विरुद्ध भएकाले उहाँलाई संसद्ले पनि स्पष्टिकरण सोध्नुपर्ने बताएका हुन्। मङ्लबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए। तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित बक्यौता रकम छुट सम्बन्धी निर्देशन दिएकाले उहाँले तत्काल संसद्‌मा स्पष्टिकरण दिनुपर्ने तर्क गरे। सचिव भट्टराईले एमालेले प्राधिकरणको असुल गर्नुपर्ने कुनैपनि बक्यौता रकम छुट दिनुहुन्न भन्ने पक्षमा रहेको पनि दोहोर्‍याए।  उनले भने,’म यो प्रतिनिधि सभाको तर्फबाट तत्कालीन प्रधानमन्त्री हालको विपक्ष दलका नेता माननीय पुष्पकमल दाहालजीलाई भन्न चाहन्छु-तपाईले कुन कानूनको आधारमा तपाईँसँग भएको कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नुभयो ? यो प्रतिनिधि सभाले तपाईँलाई स्पष्टिकरण सोध्छ। तपाईँसँगै यो कानून छैन।  यसको मतलव उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो। यदि यो देशमा अख्तियार छ भने उसले पुष्पकमल दाहाललाई सोध्नुपर्छ कि तपाईँले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै एक करोड बढि ठग्ने चार जना पक्राउ
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
नर्सको रात्रि ड्युटीको भत्ता दोब्बर
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ