गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रातिदेखि कार्यकाल सकिएर सेवानिवृत्त हुन लागेका आईजीपी चन्द्रकुबेर खापुङलाई बिदाइ गरेका छन्।
  • गृहमन्त्रालयमा एक कार्यक्रम गरी अर्यालले खापुङको बिदाइ गरेका हुन्।
  • उनले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटो समय रहँदा पनि प्रहरीको मनोबल उच्च बनाउने काम गरेको भन्दै प्रशंशा गरे।

२६ कात्तिक, काठमाडौं।

गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रातिदेखि कार्यकाल सकिएर सेवानिवृत्त हुन लागेका आईजीपी चन्द्रकुबेर खापुङलाई बिदाइ गरेका छन्। गृहमन्त्रालयमा एक कार्यक्रम गरी अर्यालले खापुङको बिदाइ गरेका हुन्।

उनले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटो समय रहँदा पनि प्रहरीको मनोबल उच्च बनाउने काम गरेको भन्दै प्रशंशा गरे। ३० वर्षीय अनिवार्य सेवा पश्चात् बिदा हुन लागेका खापुङलाई सुखद् अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई काम लाग्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ