तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं

सारांश

  • सोमबारदेखि टरिगाऊँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।
  • विमानको इन्जिनमा समस्या आएपछि गत पुस २ गतेदेखि हवाई सेवा बन्द भएको थियो ।
  •   विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको हो ।

१७ चैत, दाङ-

गत तीन महिनादेखि बन्द रहेको दाङको हवाई सेवा पुनः सुरु हुने भएको छ । सोमबारदेखि टरिगाऊँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । विमानको इन्जिनमा समस्या आएपछि गत पुस २ गतेदेखि हवाई सेवा बन्द भएको थियो ।  विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको हो ।

विमान सेवाका लागि छिट्टै नै कार्य तालिका प्रकाशन हुने उहाँको भनाई छ । कार्य तालिका आएपछि उडान तालिकाबारे थाहा हुने उहाँले बताउनुभयो । चैत महिनामा साताको २ दिन विमान आउने र वैशाखदेखि यात्रुको सङ्ख्याअनुसार साताको चार दिनसम्म विमान सञ्चालनको तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । यात्रुको सङ्ख्याको आधारमा जहाज आउने इन्चार्ज सुनारले बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाऊँ विमानस्थल विसं २०११ मा बनेको थियो । विमानस्थलको स्तरोन्नतिका लागि लामो समयदेखि माग हुँदै आएको भए पनि हालसम्म माग सुनुवाइ हुन नसक्दा दाङमा हवाई सेवा नियमित हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
आज शिक्षा समितिको बैठक बस्दै
आज शिक्षा समितिको बैठक बस्दै
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग