४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

सारांश

  •   अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ ।
  • निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
  • अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ ।

४ साउन, काठमाडौं । 

अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । सोही अनुसार आईतवार निक्षेप खिच्न लागेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ भदौ १५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । यसअघी गत आईतवार पनि राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिचेको थियो । मौद्रिक नीति आएको एक हप्ता बितिसकेको छ । मौद्रिक नीतिमा केही खुकुलो गरिएपनि बजारमा लगानी खासै बढ्न सकेको छैन भने अर्थतन्त्र पनि शिथिल नै देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला