रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ ।
  • पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।
  • आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो ।

५ कार्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ ।

पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ । आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलनका लागि प्रत्येक जिल्लाबाट १ सय जनाका दरले उपस्थित हुन उर्दी जारी गरेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?