दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का

सारांश

  •   भारतको अहमदाबा विमानस्थल नजिकै दुर्घटनामा परेको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसमेत सवार भएको आशङ्का गरिएको छ ।
  • अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै दुर्घटना भएको थियो ।
  • भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) का अनुसार, विमानमा २४२ जना सवार थिए ।

२९ जेठ, भारत। 

भारतको अहमदाबा विमानस्थल नजिकै दुर्घटनामा परेको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसमेत सवार भएको आशङ्का गरिएको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै दुर्घटना भएको थियो ।भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) का अनुसार, विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, २ पाइलट र १० जना केबिन क्रू सदस्य रहेको बताइएको छ ।

विमान क्याप्टेन सुमित सभरवालको कमान्डमा थियो । भारतबाट लामो दूरीको यात्राको लागि उडानमा रहेको जहाजमा धेरै इन्धन प्रयोग गरिएको थियो, जसले गर्दा दुर्घटना पछि भएको विस्फोट र आगलागीको बढेको बताइएको छ । सार्वजनिक भिडियोहरूमा ठूलो विस्फोट र आगलागी भएको देखिन्छ ।  उद्धार कार्य गर्न धेरै दमकल र एम्बुलेन्सहरू दुर्घटनास्थलमा पुगेका छन् । हालसम्म हताहतको बारेमा कुनै आधिकारिक पुष्टि भइसकेको छैन । यद्यपि, विमानमा गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसमेत सवार रहेको भारतीय समाचार माध्यमहरूले जनाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?