Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
१७३ पटक हेरिएको
Shares
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

सारांश

  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए ।
  • उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।

 

४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।

उनले भने, ‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपले सार्र्वजनिक भएको छैन । तसर्थः त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्यज्यूहरुलाई उपलब्ध गराइयोस् ।’
त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको छानबिनका लागि लिली थापाको संयोजकत्वमा तयार गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत रोकिएको भन्दै आपत्ति जनाए । उनले प्रतिवेदनकिन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘भाद्र २३ देखि २६ गतेसम्मको हिंसात्मक घटनाको छानविन गर्न मान्य लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ ? त्यो पनि संसदले जानकारी पाउनुपर्यो ।’
केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नेपाली जनता राज्यविहीन र असुरक्षित अवस्थामा रहेको उल्लेख गर्दै यस्ता घटना पुनः दोहोरिन नदिने प्रत्याभूति सरकारले दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु
सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा
नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल
लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु