जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
१६३ पटक हेरिएको
Shares
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

सारांश

  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए ।
  • उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।

४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।

उनले भने, ‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपले सार्र्वजनिक भएको छैन । तसर्थः त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्यज्यूहरुलाई उपलब्ध गराइयोस् ।’
त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको छानबिनका लागि लिली थापाको संयोजकत्वमा तयार गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत रोकिएको भन्दै आपत्ति जनाए । उनले प्रतिवेदनकिन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘भाद्र २३ देखि २६ गतेसम्मको हिंसात्मक घटनाको छानविन गर्न मान्य लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ ? त्यो पनि संसदले जानकारी पाउनुपर्यो ।’
केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नेपाली जनता राज्यविहीन र असुरक्षित अवस्थामा रहेको उल्लेख गर्दै यस्ता घटना पुनः दोहोरिन नदिने प्रत्याभूति सरकारले दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता