पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

सारांश

  • पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।
  • जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए ।
  • मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् ।

२६ फागुन, काठमाडौं । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए ।

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् । ‘आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेका रहेछन् । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । उनको अवस्था सामान्य छ,’ अर्यालले अनलाइनखबरलाई भने ।

अर्यालले अगाडि भने, ‘साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका रहेछन् । सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको उनले बताएका छन् ।’ यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको भए पनि आज आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै