Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
४० पटक हेरिएको
Shares
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या

सारांश

  • प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।
  • गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।
  • बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए ।

 

५ फागुन, सुर्खेत– दैलेखमा चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।

गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । सुरुमा बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनेर गाडेको प्रहरीलाई बयान दिएका थिए ।सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी प्रमुख दाहालले बताए । पक्राउ परेका दुवै किशोरलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने
गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो