लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको आरोपा लगाएका छन् ।
  • शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै १८ दिनदेखि संसद्मा नाटक मञ्च्न भइरहेको लिङ्देनले बताए ।
  • प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको उनको आरोप थियो ।

३० जेठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको आरोपा लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै १८ दिनदेखि संसद्मा नाटक मञ्च्न भइरहेको लिङ्देनले बताए । प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको उनको आरोप थियो ।

‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो,’ उनले भने, ‘यो हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?