Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनकपुरको होटलमा एक युवक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
जनकपुरको होटलमा एक युवक मृत फेला

सारांश

  • जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।
  • धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् ।
  • प्रहरीका अनुसार उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

१२ वैशाख, जनकपुरधाम । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे ‌। उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।

मृतकका नातामा दाई पर्ने राकेश यादवले घटना शंकास्पद गरेको बताए । उनले भने, ‘झुण्डिएको कोठा खुल्ला छ । सही सत्य के हो? होटलको सीसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’ उनका अनुसार मित अविवाहित छन् । कतारबाट एक महिना अगाडि मात्रै विदामा आएका थिए । अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट समेत लिइसकेका थिए ।

होटल छाडेर भागेका संचालक (नाम खुल्न नसकेको)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अहिले भर्खर मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि पठाएर आएका छौं । मृतकका आफन्तसंग बुझ्न बाँकी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
सेहरी र धजाहाका ५६ घर जलमग्न
सेहरी र धजाहाका ५६ घर जलमग्न