Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु

सारांश

  • विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।
  • बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
  • आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

५ भदौ, काठमाडौं ।

विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यसअघि समितिले विवादित विषयलाई थाँती राखेर प्रतिवेदन तयार पारेको थियो । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवथामा विवाद छ । यसकै कारण निजी विद्यालय सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन् ।

समितिले निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको छ । शिक्षामन्त्री रघुजी पन्तले २.५० प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने प्रस्ताव गरेका छन् । कतिपय सांसदहरुले १० प्रतिशतलाई आवास सुविधा हुनुपर्ने धारणा राखेका छन् । केही सांसदहरुले निश्चित अवधि तोकेर निजी विद्यालयलाई गैरनाफामुलक गुठीमा लैजानुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए । तर, समितिले वर्ष नतोकि क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्नेमा सहमति जुटाएको छ ।

निजी विद्यालय सन्चालकहरुले भने कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग राखेका छन् ।

सरुवाको विषयमा गरिएको व्यवस्थाप्रति पनि शिक्षकहरुको असन्तुष्टि छ । नवप्रवेशी शिक्षकहरूले अन्तर प्रदेश र अन्तर पालिका सरुवाको समयलाई दिएर असन्तुष्टि जनाएका छन् । विधेयक पारित हुन ढिला भएको भन्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
मध्यराति डडेलधुरामा  बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर