Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
४८ पटक हेरिएको
Shares
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • काठमाडौं रौतहटको ईशनाथ नगरपालिका–५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोग आयोगको छ ।

काठमाडौँ । काठमाडौं रौतहटको ईशनाथ नगरपालिका–५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोग आयोगको छ । प्रतिवादी बनाइएका नगरपालिका तत्कालीन ईन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेश गरेका थिए । अर्का प्रतिवादी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए । आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा  बिगो जरिवानाको मागदावी लिएको छ । अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बिगो जरिवानाको मागदावी गरेको छ । अख्तरको हकमा पनि ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बराबरको बिगो जरिवानाको मागदावी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा माछा मार्न गएका युवकको मृत्यु
सुनसरीमा माछा मार्न गएका युवकको मृत्यु
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा
अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी
इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष