ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
३३ पटक हेरिएको
Shares
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • काठमाडौं रौतहटको ईशनाथ नगरपालिका–५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोग आयोगको छ ।

काठमाडौँ । काठमाडौं रौतहटको ईशनाथ नगरपालिका–५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोग आयोगको छ । प्रतिवादी बनाइएका नगरपालिका तत्कालीन ईन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेश गरेका थिए । अर्का प्रतिवादी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए । आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा  बिगो जरिवानाको मागदावी लिएको छ । अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बिगो जरिवानाको मागदावी गरेको छ । अख्तरको हकमा पनि ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बराबरको बिगो जरिवानाको मागदावी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग