बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ

सारांश

  • पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका-९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका-१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् ।
  • पक्राउ मध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
  • उनलाई आवश्‍यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

६ मंसिर , बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका-९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका-१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् ।

पक्राउ मध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिई खातामा पर्याप्त रकम मौज्दात नभई वाउन्स भई काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमती प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्‍यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

यसैगरी बालकृष्ण महर्जन भएको बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपैयाँ जरीवाना र ६४ हजार रूपैयाँ क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर भई फरार रहेका महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ । यसैगरी जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका राजेन्द्र तुई तुईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
खोलाले बगाएर दुई बालबालिका बेपत्ता
खोलाले बगाएर दुई बालबालिका बेपत्ता
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल
कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने
महासमिति बैठकको समापन अघि कांग्रेसका शीर्ष नेताको बैठक बस्ने
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट