निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३० पटक हेरिएको
Shares
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा

सारांश

  • सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं.
  • २२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना विरामीले सेवा लिएका छन् ।
  • यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी थिए ।

२ वैशाख, काठमाडौं ।

सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. २२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना विरामीले सेवा लिएका छन् । यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी थिए ।

यस्तै हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए । उनीहरुमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो । प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको छ । दैनिक २० जनासम्मले सेवा लिएका छन् ।

भण्डारी भन्छन, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’ महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवर्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास
कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास
सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि
सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित