Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
५५ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।
  • सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।
  • कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए ।

१२ साउन, धनगढी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश सभा सदस्यहरुलाई १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारले समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा (एक निलम्बन बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् ।

विश्वासको मतका लागि शाहलाई २७ जनाले समर्थन गर्नुपर्ने हुन्छ। अहिले शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद गरेर २९ जनाको समर्थन भएको उनले विश्वासको मत पाउनेछन्। माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र स्वतन्त्र सांसद १÷१ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि