सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।
  • सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।
  • कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए ।

१२ साउन, धनगढी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश सभा सदस्यहरुलाई १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारले समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा (एक निलम्बन बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् ।

विश्वासको मतका लागि शाहलाई २७ जनाले समर्थन गर्नुपर्ने हुन्छ। अहिले शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद गरेर २९ जनाको समर्थन भएको उनले विश्वासको मत पाउनेछन्। माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र स्वतन्त्र सांसद १÷१ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश
धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो