विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
९७ पटक हेरिएको
Shares
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् ।
  • प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् ।
  • ‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ ।

२९ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् । ‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् । ‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । विपिन अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको पनि बताएकी छिन् ।

‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । ‘उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ,’ उनले भनेकी छिन्, ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधै नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित