Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
५१ पटक हेरिएको
Shares
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश

सारांश

  • जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
  • अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
  • धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

 

४ जेठ, काठमाडौं ।

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादका कारण उनी पक्राउ परेका थिए । यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताएको थियो । त्यस वापत रकम कोषाध्यक्ष यादवलाई दिएको बताएका थिए । तर यादवले भने उक्त चुनावका बेला लगेको र अहिले तिरेको दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह
मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह
नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
३० हजार घुस लिने सइविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
३० हजार घुस लिने सइविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस
संविधान सशोधन गर्न पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्नुपर्छ: कांग्रेस