गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
१३९ पटक हेरिएको
Shares
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 

सारांश

  • हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
  • हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ।
  • कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌ आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा र मधेश प्रदेश र कोशी प्रदेश तराईको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी र कर्णाली प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पनि घट्यो सुनचाँदीको मूल्य
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम