नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

सारांश

  •   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ ।
  •  नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
  • “बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

 

९ जेठ ,काठमाडौँ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ”, मन्त्री पाण्डेले भन्नुभयो । लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गरिने उहाँले बताउनुभयो । “बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेले भन्नुभयो ।  कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको बताउनुभयो । युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै उहाँले लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको उहाँले बताउनुभयो । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गर्नुभयो ।  कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । बिआइटिएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बौद्ध पर्यटनको केन्द्रका रूपमा विश्वमा पुनःस्थापना गर्न यस प्रकारका अन्तरराष्ट्रिय कार्यक्रम निर्णायक साबित हुनेछन् । बुद्धको जन्मभूमि नेपाल अब विश्व आध्यात्मिक यात्रा र आत्मअन्वेषणको केन्द्र बन्ने दिशामा अग्रसर छ । हामी नेपाललाई केवल गन्तव्यका रूपमा होइन, आध्यात्मिक यात्राको सुरुआत विन्दुका रूपमा प्रस्तुत गर्दैछौँ ।”

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले अध्यात्मक पर्यटनमा मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तरराष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताउनुभयो ।  कार्यक्रममा नाट्टाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी, बिआइटिएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सिएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्मारिका समेत विमोचनसमेत गरिएको थियो । तीनदिने मार्टमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भुटानलगायतका मुलुकबाट एक सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
सशस्त्रले सुनसरीबाट बरामद गर्‍यो स्रोत नखुलेको १ करोड १ लाख
सशस्त्रले सुनसरीबाट बरामद गर्‍यो स्रोत नखुलेको १ करोड १ लाख
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग
जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग