विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का

सारांश

  • नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् ।
  • शुक्रबार (माघ २) निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।
  • हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए ।

 

२ माघ, काठमाडौं ।

नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् । शुक्रबार (माघ २) निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।

हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए । विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूसँग रहेको उनको भनाइ छ ।  उनले भने, “हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।” गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?