सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१६३ पटक हेरिएको
Shares
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

सारांश

  • सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
  • सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।
  • जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ ।

१ साउन, काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।

जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ । सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । समयमै विवरण नबुझाउने उपर कानुन बमोजिम कारबाही हुने प्रावधान समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...