इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्।
  • राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ।
  • इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्।

२३ असोज, वासिङ्टन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्।उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। अब सबै बन्धकहरूको द्रुत रिहाई प्रक्रिया अघि बढ्नेछ। इजरायली स्रोतले जनाए अनुसार बन्धकहरूलाई शनिबार वा आइतबार रिहा हुने अपेक्षा गरिएको छ। “भगवानको सहयोगले हामी बन्धकहरू सबैलाई घर ल्याउनेछौं” भनेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन्।

यसले नेपाली बन्धक विपिन जोशीको रिहाइको बाटो खुलेर परिवारलगायत सर्वत्र खुसियाली छाएको छ। विपिन जोशी कस्तो अवस्थामा हुनुहुन्छ परिवारलाई जानकारी गराइएको छैन। हमासको निशस्त्रीकरण र गाजापट्टीको भविष्यको शासन सम्झौताको विस्तृत विवरण दिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँगको सम्झौता अनुमोदन गर्न र गाजाबाट बन्धकहरूलाई फिर्ता गर्न बिहीबार सरकारको बैठक बोलाउने बताएका छन्। उनले यसलाई “इजरायलको लागि एक महान दिन” भन्दै देशले आफ्नो लक्ष्यहरू प्राप्त गर्न र छिमेकीहरूसँग शान्ति विस्तार जारी राख्ने कुरा बताए।

इजरायली कानून अनुसार, बन्धक सम्झौताको भागको रूपमा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने कुनै पनि निर्णयलाई पहिले सरकारले अनुमोदन गर्नुपर्छ। त्यो अवरोध पार गरेपछि मात्र सरकारले रिहाइको साथ अगाडि बढ्न सक्छ। राष्ट्रपति डोनाल्ड ट्रम्प मिडलिस्ट शान्ति सम्झौतालाई पूर्णता दिनको लागि शनिबार अथवा आइतबार अमेरिकाबाट जाने तयारी गरेको समाचारमा उल्लेख छ। हिजै मात्र बन्धकका परिवार जसरीदेखि नै शान्तिको लागि लड्दै आएका थिए। त्यो समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबल शान्ति पुरस्कारको लागि समर्थन गरेको थियो, यो वर्षका नोबेल पुरस्कारहरू धमाधम घोषणा भइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की  श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला