Press 4K
सोमबार, २९ भाद्र २०८३

धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ४, २०८२
|
|
६९ पटक हेरिएको
Shares
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित

सारांश

  • मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको छनौट शाखाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
  • मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादव दरबन्दी तालुक मधेस प्रदेश प्रहरी कार्यालयमा रही हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् ।
  • उनले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

४ चैत, धनुषा ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको छनौट शाखाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादव दरबन्दी तालुक मधेस प्रदेश प्रहरी कार्यालयमा रही हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उनले निर्वाचन सुरक्षा सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरेका थिए । निर्वाचन नजिकिँदै जाँदा जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलबाट विस्तृत सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन लक्षित सभा, जुलुस तथा प्रचार९प्रसार कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्नुका साथै आफैँ कमान्डमा खटिई कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले सक्रिय भूमिका खेलेका थिए ।

साथै जिल्लाका सबै मतदान स्थल तथा मतदान केन्द्रहरूको सुरक्षा अवस्थाको अध्ययन गरी आवश्यक जनशक्ति परिचालन, मोबाइल गस्ती, चेकजाँच तथा निगरानीलाई तीव्र बनाइएको थियो । मतदानको दिन उनी मोबाइल कमान्डरका रूपमा खटिई मतदान स्थलहरूमा चुस्त सुरक्षा व्यवस्था मिलाउनुका साथै मतपेटिका सङ्कलन, मतगणना स्थल सुरक्षा तथा मतगणना कार्यलाई विवादरहित रूपमा सम्पन्न गराउन समेत महत्त्वपूर्ण योगदान पु¥याएका थिए । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी लगनशील, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक दक्षताका साथ पूरा गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय योगदान पु¥याएको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
विपन्न परिवारलाई निःशुल्क सुधारिएको चुलो वितरण
विपन्न परिवारलाई निःशुल्क सुधारिएको चुलो वितरण
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...