Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
९७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
  • प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो ।
  • यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।

 

५ जेठ ,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराउनुुभयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गर्नुभयो । ‘ सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गर्नुभयो । उहाँले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाउनुभयो । प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गर्नुभयो ।

युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चा अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
आज प्रतिनिधि सभा बैठक बस्दै
आज प्रतिनिधि सभा बैठक बस्दै
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना
सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
कुलमान प्रकरणमा प्रधानमन्त्री : मन्त्रीप्रति लोयल्टी नराखे पदमुक्त हुन्छ
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ